Individual Registration

अनलाईन आवेदन भर्दा ध्यान दिन पर्ने कुराहरु

नेपालको विद्यमान कानूनी सुविधा (नेपाल सरकारको OGL सुविधा) अन्तर्गत विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याईएका मोबाइल सेटहरुलाई नियमानुसार MDMS प्रणालीमा दर्ता गर्दा निम्न बमोजिम कुराहरुमा ध्यान दिन पर्दछ |

  • विदेशबाट नेपाल भित्रुनु भएका नेपाली नागरिकले आफ्नो इमेल प्रयोग गरि यो आवेदन भर्नु पर्दछ | आवेदनमा प्रयोग भएको इमेलमा आवेदनको जानकारी आवेदकलाई दिईने छ |
  • फारम भर्दा STEP 1 मा दर्ता गर्न लागिएको मोबाईल सम्बन्धि विवरण भर्नु पर्दछ
  • STEP 2 मा आवेदकले आफुले प्रयोग गर्ने इमेल राखी OTP मार्फत प्रमाणीकरण गर्न पर्दछ |
  • STEP 3 मा आवेदकले Personal Information खण्डमा आफ्नो विवरण भर्न पर्दछ | नेपालमा प्रयोग गरिने मोबाईल नम्बर भर्नु पर्दछ | Address Detail मा आवेदकको पासपोर्टमा उल्लिखित ठेगाना भर्न पर्दछ | साथै Arrival Details मा आवेदकले कुन देश बाट नेपाल फर्केको र कहिले फर्केको विवरण भर्न पर्दछ |
  • आवेदक स्वयंले उक्त मोबईल प्रयोग गर्ने भए Mobile User Detail मा Self छनौट गर्न पर्दछ | यदी प्रयोगकर्ता अरु नै भए निजको विवरण उक्त्त खण्डमा भर्नु पर्दछ |
  • STEP 4 मा आवेदकले आफुले भरेको विवरण एकिन गर्नु पर्दछ र आवेदनसंग सम्बन्धित कागजात जस्तै पासपोर्ट, अध्यागमन विभागको छाप वा बोर्डिंग पास आदिको स्पस्ट बुझिने Scan Copy अपलोड गरि फारम बुझाउनु पर्दछ | आवेदन सफल भएपछी इमेल मार्फत जानकारी प्राप्त हुनेछ |
  • यसरि प्राप्त आवेदनहरु प्राधिकरणबाट रुजु गरिनेछ | आवेदन स्वीकृत वा अस्वीकृत भएको जानकारी आवेदकलाई निजको इमेल मार्फत जानकारी गराईनेछ |
*नोट: विवरण मेल नखाएमा या अपलोड गरिएको Scan Copy असपष्ट भएमा आवेदन अस्वीकृत गरिनेछ |

Please provide your mobile detail to continue.

Mobile Detail