alt

Mobile Devices Management System

Mobile Device Management System (MDMS)

कार्यान्वयनमा ल्याउने सम्बन्धी

नेपाल दूरसञ्चार प्राधिकरणको सूचना

प्रकाशित मितिः २०८०/०१/३०

नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न २०८० जेष्ठ ०१ गते देखि MDMS प्रणाली लागु गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ । व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरू MDMS प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ। नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले देहाय बमोजिमका कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ।

  • राहदानी/नागरिकता |
  • Departure Stamp र Arrival Stamp देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास |

नेपाल भित्र मोवाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको MDMS प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्नु हुन जानकारी गराइन्छ | साथै मोबाइल आयातकर्ता/ विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्य रुपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइलमात्र विक्री वितरण गर्नु हुन जानकारी गराइन्छ |

यस सम्बन्धी थप जानकारीका लागि भन्सार विभागबाट मिति २०८०/०१/२९ गते जारी भएको “यात्रुहरुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन” सम्बन्धी सूचना हेर्नुहुन जानकारी गराइन्छ |

आफ्नो मोबाईलको IMEI MDMS मा दर्ता भए/नभएको हेर्नुहोस


नया मोबाईल खरिद गर्नुअघि MDMS मा दर्ता भए/नभएको हेर्नुहोस


IMEI भनेको के हो?

SIM प्रयोग हुने उपकरणमा १५ अंकको IMEI नम्बर हुन्छ | त्यस्तो उपकरणहरुको IMEI एक अर्कासंग मेल खाँदैन | IMEI नम्बर उक्त्त उपकरणको परिचय प्रदान गर्ने गुण हो |

आफ्नो IMEI कसरि पत्ता लगाउने ?

आफ्नो मोबाईलको Keypad मा गई *#०६# Dial गरे पछी उक्त उपकरणको IMEI नम्बर पत्ता लगाउन सकिन्छ |

MDMS प्रणाली भनेको के हो?

नेपाल दूरसंचार प्राधिकरणले मोबाईलको आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न MDMS प्रणाली लागु गरेको छ | अवैध रुपमा राज्यमा भित्रिने मोबाईलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाईल तथा SIM को अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन MDMS को भूमिका रहन्छ |

MDMS ले सर्व साधारणलाई के फाईदा पुर्याउंदछ ?

हराएका तथा चोरी भएका मोबाईलहरुको खोजि कार्यमा सहयोग गर्छ | साथै त्यस्ता मोबाईलको अनधिकृत प्रयोगलाई रोक्ने कार्य समेत गर्दछ |

प्राधिकरणमा दर्ता नभएका मोबाईल किन-बेच तथा बिक्रि-वितरण गर्नु हुन्छ ?

हुँदैन | यो गैर कानुनी हो | मोबाईल किन्नु अगाडी उक्त मोबाईल प्राधिकरणमा दर्ता भए नभएको एकिन गरेर मात्र किन्नु पर्दछ |